काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ ।
यसअघि सोमबार चाँदी तोलाको ५१९० मा कारोबार भएको थियो ।