• २०८३ असार १२
  • 2026 June 26, Friday

आइतबारको लागि सारियो प्रतिनिधि सभाको बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ।

यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष कारणवश उक्त समयमा बैठक बस्न नसक्ने भएपछि बैठक आइतबारका लागि सारिएको हो।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले अब प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेका हुन्।

यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक शनिबारका लागि सारेका थिए। तर शनिबार पनि विपक्षी दलका विभिन्न कार्यक्रम हुने भएकोले आइतबारका लागि बैठक बोलाइएको हो।