
काठमाडौं । बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि नेपालमै प्रदर्शन भएको दिन प्रदर्शन हुने भएको छ ।
फिल्म भारतमा ‘विश्वजितम’ नामबाट प्रदर्शन हुने फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले बताएका छन् ।
नेपालमा आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई भारतमा अजय कपुर प्रोडक्सन र युएफओ वितरकले वितरण गर्न लागेका छन् ।
सेन र छेतन गुरुङको निर्देशन रहेको यो फिल्म सफल फिल्म श्रृङ्खला ‘प्रेमगीत’कै निरन्तरता हो । फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।