• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चीनमा भूकम्पमा परी २२ जना घाइते

दक्षिणपश्चिम चीनको युनान प्रान्तको निङ्लाङ काउन्टीमा आइतबार आएको ५.५ म्याग्निच्युडको भूकम्पमा परी २२ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC) ले पुष्टि गरेको छ । आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ ।