
काठमाडाैं । अमेरिकी डलरको भाउ लगातार बढीरहेकाे छ । बिहीबार डलरको भाउले नयाँ उचाइ छोएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १३१ रुपैयाँ ४१ पैसा पुगेको छ । नेपालीले १ डलर साट्नको लागि १३१ रुपैयाँ ४१ पैसा खर्च गर्नु पर्ने भएको छ ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २४ पैसा र बिक्रीदर १३० रुपैयाँ ८४ पैसा थियो ।
मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर) पुगेको थियो ।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो ।
भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर । भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो ।
पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीको कारण भारु कमजोर भइरहेको हो ।