• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ससुराली जाँदा बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

मोरङ । १४ वर्षीया बालिका बलात्कारको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका–१ घर भएका ३९ वर्षीय उत्सव आचार्य रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मोरङ ग्रामथान गाउँपालिका–२ स्थित ससुराली घर गएका आचार्यले शुक्रबार ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।