भक्तपुरको बालकोटमा ११ वर्षीया बालिका बलात्कृत

काठमाडौं । भक्तपुरको बालकोटमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

प्रहरीले बालिका बलात्कारको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ स्थायी घर भई बौद्ध बस्दै आएका ३५ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार राती सुनारले अभिभावकसँग डेरामा बस्दै आएकी बालिकालाई बलात्कार गरेका हुन् ।

आरोपी सुनार र बलात्कृत बालिकाका अभिभावकको स्थायी ठेगाना एउटै रहेको प्रहरीले जनाएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१