
काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।
जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसामा आइपुगेको छ ।
त्यस्तै, युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा तथा बिक्री दर १२८ रुपैयाँ १३ पैसा तोकिएको छ ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।