पाकिस्तानले दियाे भारतलाई १ सय ६० रनकाे लक्ष्य

काठमाडाैं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भारतलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ ।

मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो ।

पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले अर्धशतकीय पारी खेले । अहमदले ३४ बल खेल्दै २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।

त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए ।

बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्द श्वामी र भुवनेश्वर कुमारले एक–एक विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७