
काठमाडाैं । दुर्गादेवी नेपालको ‘बगेको खोला’लाई २०७९ सालको ‘गोधूलि पुरस्कार’ प्रदान गरिने भएको छ ।
गोधूलि साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने १० हजार रूपैयाँ राशि र ताम्रपत्रसहित ‘गोधूलि पुरस्कार’ विशेष कृतिका रुपमा ‘बगेको खोला’लाई प्रदान गरिने निर्णय भएको हो ।
गोधूलि साहित्य प्रतिष्ठानका अध्यक्ष श्रीमती गङ्गा लिगलको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो ।
विराटनगर निवासी ८५ वर्षीय श्रीमती दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त छिन् । हाल उनकाे बसोवास काठमाडौँमा नै रहेको छ ।