• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको आइतबार उपचारका क्रममा निधन भएको हो । केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो ।

उनकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे हाे । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनलाई स्वर कोकिलाको रुपमासमेत चिनिने गरिएकाे छ । उनले नेपाली गीतहरु पनि गाएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।