• २०८३ असार १०
  • 2026 June 24, Wednesday

नेपालले टर्कीका भूकम्पपीडितलाई पठायो २२ टन राहत सामग्री

काठमाडाैं । टर्की र सिरियामा ६ फेब्रुअरीमा गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई नेपाल सरकारले २२ टनभन्दा धेरै राहत सामग्री पठाएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार एक वक्तव्य निकालेर २२ टनभन्दा धेरै राहत पहिलो खेप जहाजबाट पठाइएको जानकारी दिएको छ।

ती राहत सामग्रीहरु सोमबार दिउँसो टर्किस एयरलाइन्सको जहाजबाट भूकम्प प्रभावितहरुका लागि पठाइएको हो ।

मन्त्रालयका अनुसार राहत सामग्रीमा औषधि, स्वास्थ्य उपकरण, न्याना कपडासहित अत्यावश्यकीय सामग्री छन् । टर्कीमा अहिले कडा जाडो रहेकाले भूकम्पप्रभावितलाई न्यानो कपडा पठाइएको हो ।

टर्की र सिरियामा शक्तिशाली भूकम्पपछि गत माघ २५ गते बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।