
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।
यसअघि तीन घन्टा पुराना गठबन्धनका चार दलबीच छलफल भएको थियो । चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन् ।
ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए । तर, राष्ट्रपति निर्वाचनमा कुरा नमिलेपछि सत्ता साझेदार दलहरु छिन्नभिन्न हुने खतरा बढेको छ ।