• २०८३ असार १२
  • 2026 June 26, Friday

भाजपा विदेश विभाग प्रमुख धनगढीमा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन्।

भारतको उत्तराखण्ड र नेपालको सुदूरपश्चिम प्रदेशबीच एकीकृत अर्थसामाजिक विकास योजनाको सम्भावना खोज्ने उद्देश्यका साथ आइतबारदेखि धनगढीमा सुरु अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका हुन्।

धनगढीमा उनलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायतले स्वागत गरेका छन्।

चौथाइवाले सोमबार हुने मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहमा सहभागी हुने छन्।