• २०८३ असार १२
  • 2026 June 26, Friday

परराष्ट्रमन्त्री साउदलाई भारतीय समकक्षी एस जयशंकरको बधाई

काठमाडौं । नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई भारतीय समकक्षी डा. एस जयशंकरले बधाई दिएका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले साउद परराष्ट्रमन्त्री नियुक्त भएकै दिन आज सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन्।

साउदको नयाँ भूमिकाका लागि सफलताको शुभकामनासमेत व्यक्त गर्दै उनले दुई देशबीचको बहुआयामिक साझेदारी मजबुत बनाउन सँगै काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन्।