• २०८३ असार १२
  • 2026 June 26, Friday

अदालतको आदेश हामीले मात्र होइन, संघीय सरकारले पनि मान्नुपर्छ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउनु भन्ने सर्वोच्च अदालतले दिएको आदेशको परिपालना गर्न प्रष्ट, प्रतिबद्ध र दृढ रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्ने उल्लेख गरेका छन् । मेयर साहले अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै नभई, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्नुपर्ने बताए ।

मेयर साहले बागमती, बिष्णुमती र मनोहरा तथा यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएकोमा ध्यानाकर्षण पनि गराएका छन् ।

संघीय सरकारले नसघाएको भनि मेयर साहले सिंहदरबार बालुवाटार शीतलनिवासको फोहोर नउठाउन निर्देशन दिएका थिए । केही दिनयता सिंहदरबार र शीतलनिवासकाे फाेहाेर उठेकाे थिएन ।

यस्ताे छ बालेन शाहले लेखेकाे स्टाटस :