काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक राखिएको हो ।
आजको बैठकले नयाँ संसदीय दलको नेता चयन गर्ने र पार्टीका विभागहरू गठन गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
उपनिर्वाचनको समीक्षा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल पनि हुने उनले बताए ।
रास्वपा संसदीय दलको नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका थिए । आजको बैठकले सभापति रवि लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्ने सम्भावना छ ।
(–सच्याइएकाे ।)