काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक बुधबार सकिँदैछ ।
तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पेश गरेको राजनीति प्रतिवेदनमाथि सदस्यहरूले धारणा राखेका थिए। अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु गल्ती रहेको समेत बताएका थिए।
बैठकमा महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए। त्यस्तै कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
तीन वटा प्रतिवेदनमाथि सदस्यले बोल्ने क्रम सकिएको र आज दिउँसो बैठक सकिने छ ।