काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्रीले क्यान्टेनमेन्टको घोटलामा दोषी ठहरिएमा जेल जान तयार रहेको भनेको बताएका छन् । विहिबार काठमाडौंमा पार्टीको भष्ट्रचार विरोधी सभामा सम्बोधन गर्ने क्रममा शाहीले आफुले बिहिबार प्रधानमन्त्रीलाई क्यान्टेनमेन्टका घोटलामा दोषी भए जेल जान तयार हुनुहुन्छ भन्ने प्रश्न गर्दा तयार रहेको बताएको उल्लेख गरे ।
‘क्यान्टेनमेन्टको घोटलामा तपाई जेल जाने हो भनेर मैले प्रश्न सोध्दा प्रधानमन्त्रीले म जान्छु भनेर घोषणा गर्नुभएको छ ।’ उनले भने ।
शाहीले भष्ट्रचारीलाई आजिवान काराबास र तीन पुस्तै सम्पत्तिहरणको कानुन बनाउनु पर्ने बताएका छन् । उनले भने् ‘भष्ट्रचारको विरुद्धमा हामिले संसदमा कुरा उठाएरमात्र हुनेवाला छैन् भष्ट्रचारको विरुद्धमा भष्ट्रचारीहरुलाई तीन पुस्तै सम्पत्ती जफत गरेर तिनीहरुलाई आजीवन काराबास हुनुपर्छ ।’
राप्रपाले दुईतिहाई बहुमत ल्याई संवैधानिक राजन्तत्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र भष्ट्रचारीलाई आजिवान काराबास, तीन पुस्तै सम्पत्तिहरणको कानुन बनाउने बताएका छन् ।