काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको छ ।
समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष कृष्णबहादुर महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको बताए ।
उनले एक विज्ञप्ति जारी गरी लडाकु शिविरकाे दुई पक्षबारे जानकारी पनि गराएका छन् ।
यस्तै, नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारवाही गरी राष्ट्रको शान जोगाउन उत्साह र मनोवल उठेको पनि विज्ञप्तिमा उल्लेख छ ।
