• २०८३ असार १३
  • 2026 June 27, Saturday

ओलीमाथि भ्रष्ट्राचारकाे आराेपपछि संसद बैठक स्थगित, एमाले सांसदकाे हंगामा (भिडिओसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

शुक्रबारको प्रतिनिधि सभाको बैठकमा एमालले बिना आधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै बेल घेराउ गरेका थिए। ‘आधारहीन ढंगले लगाएको आरोपबारे सरकारको धारणा के हो?,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।

एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले धारणा दिनुपर्ने गिरीले बताए । सांसद लेखनाथ दाहालले ओलीले पित्तलको जलहरी लगाएको आरोप लगाएका थिए ।

बेल घेराउ जारी रहेपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची थियो । प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची रहेको थियो ।

हेर्नुहाेस् भिडिओ :