राजनैतिक स्वार्थका आधारमा माफी दिनु अक्षम्य अपराध हो : पूर्वप्रहरी कर्मचारी परिषद

काठमाडौं । पूर्वप्रहरी कर्मचारी परिषद नेपालले टीकापुर घटनामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी नगर्न वा नगराउन सरकारलाई आग्रह गरेको छ ।

परिषदले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्तलाई पत्र लेख्दै यसले बहालवाला प्रहरी कर्मचारीको मनोबल कमजोर पार्ने र अपराधीको मनोबल बढ्ने भन्दै आममाफी नगर्न परिषदले आग्रह गरेको हो ।

आफूहरुले जनताको लोकतान्त्रिक सरकार विधिको शासन स्थापित गर्न सहयोगी बनाउन आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको परिषदको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१