• २०८३ असार १३
  • 2026 June 27, Saturday

राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

मंगलबार बिहान ११ बजे उनलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । उनको मुटु लगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको स्रोतले बतायो ।

‘उहाँ अहिले अस्पतालमै हुनुहुन्छ । मुटु लगायत स्वास्थ्य परीक्षण गर्नको लागि हो,’ स्रोतले भन्यो ।

यसबारे राष्ट्रपति कार्यालय र गंगालाल अस्पतालले औपचारिक जानकारी दिएका छैनन् ।

उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए ।