
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, भारी वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्दारमा जुट्न सबैलाई आह्वान गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै देशका पूर्वी जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी पनि गराएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । साथै, बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपील गर्दछु।’
उनले बाढी प्रभावितको उद्धारका लागि सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुको साथै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायलाई अपील गरेका छन् ।