• २०८३ असार १३
  • 2026 June 27, Saturday

दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गरौं : सांसद अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले नागरिकता विहीनहरूले एक पछि अर्कोले आत्महत्या गर्न थालेको गुनासो गरेका छन् ।

आईतवार प्रतिनिधि सभाको बैठकमा सांसद खानले जनता नरहे केको लागि राजनीति गर्ने भन्दै दलभन्दा माथि उठेर नागरिकताको समस्या समाधान गर्न आग्रह गरे।

उनले भने, ‘१ गते सुनसरी जिल्लाको हरिनारायण मण्डलले नागरिकताको सिफारिस माग्दा वडा कार्यालयबाट अपशब्द प्रयोग गरेको कारण आत्महत्या गरेँ। २ गते मोरङका चन्द्र झाका २२ वर्षीय छोरा निरजकुमार झाले बाबुको जन्मसिद्ध नागरिकता र आमाको वंशजको नागरिकता हुँदा हुँदै पनि नागरिकता नपाएर आत्महत्या गरे, त्यसैले दलभन्दा माथि उठेर जनतालाई न्याय दिनुपर्छ, जनता नरहे कसमाथि केको लागि राजनीति गर्ने ?