बाढीले भत्काएको पूर्वी नेपालका जिल्लाहरुको सडक खुलाउन बेलिब्रिज राखिने : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असारको शुरूवातमै आएको बाढीका कारण पुल भत्काएर अवरुद्ध बनेका पूर्वी नेपालका सडक खुलाउन सरकारले तत्कालै बेलिब्रिज बनाउने भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री ज्वालाले मेची राजमार्ग र तमोर करिडोरमा भत्किएका पुल निर्माणको कामलाई तीब्रता दिइने बताएका हुन् ।

शनिवारको बाढीका कारण ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुममा भएको सडक र पुलमा पुगेको क्षतिका बारेमा जानकारी दिँदै मन्त्री ज्वालाले पीडितको उद्धारका लागि सरकारले तीब्र रूपमा काम अगाडि बढाइरहेको बताए ।

उनले भने,‘ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम जिल्लामा आएको अत्यन्तै भयानक बाढी पहिरो जनधनको ठूलो क्षति भएको छ । पीडितको उद्धारका राहतका निम्ति तीव्र रुपमा काम अगाडि बढाएको छ । ।मेची राजमार्गमा पर्ने ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खेला पुल भत्किएपछि र तमोरको बेलिब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला विछेद भएको छ, सडक सञ्जालबाट पूर्णरूपमा विच्छेद भएको छ, विद्युत पनि टुटेको छ । सडक खुलाउन प्रयास शुरू भइसकेको छ । तत्कालै बेलिब्रिज बनाउँछौं ।’ मन्त्री ज्वालाले राजमार्ग खुलाउन तीब्र रूपले काम सुरु गर्ने बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१