• २०८३ असार १३
  • 2026 June 27, Saturday

काठमाडौं महानगरपालिका विरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक मेलामा रोक लगाएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ। हिसानले १५ करोड क्षतिपूर्तिको माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलामा काठमाडौँ महानगरपालिकाले रोक लगाएको थियो। त्यसको विरुद्धमा हिसान अदालत गएको हो। हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर गरिएको कार्यक्रममा महानगरले अनावश्यक रूपमा रोक लगाएको बताए। मेला स्थगित हुँदा आफूहरूको ३० करोडभन्दा बढीको क्षति पुगेको उनको भनाइ छ।

महाननगरबाट पूर्व स्वीकृति नलिएको तथा नतिजा नआउँदै भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै महानगरले रोक लगाएको थियो। हिसानले महानगर र शिक्षा मन्त्रालय दुवैलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो ।