• २०८३ असार १३
  • 2026 June 27, Saturday

बाढी पहिरो पीडितको उद्धार एवं राहतका लागि सरकार गम्भीर : मन्त्री किराँती

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पूर्वी नेपालमा गएका बाढी पहिरो पीडितको उद्धार एवं राहतको लागि सरकारले आवश्यक तयारी गरिसकेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित टिकटक प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण कार्यक्रममा मन्त्री किराँतीले बाढी पहिरो पीडितको बारेमा सरकार गम्भीर रहेको बताए ।

उनले भने,पूर्वी नेपालमा बाढि पहिरोमा परेका धेरै नेपाली नागरिकले ज्यान गुमाएका छन् । त्यसैले यथाशीघ्र राज्यको तर्फबाट राहत उद्धारको कार्य हुनै पर्छ । त्यसको लागि सरकारले आवश्यक कार्य अघि बढाइसकेको छ । ’

मन्त्री किराँतीले सरकारले देशमा सृजनशील युवाहरुलाई काम दिन नसकेको पनि गुनासो गरे । ‘देशको आर्थिक विकासमा पर्यटन एउटा सबै भन्दा ठूलो खम्बा भएको’ उनको भनाइ थियो ।