काठमाडौं । सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बिहान ११ः०० बजे बस्दैछ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनुको साथै सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।
हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथिको छलफल सकिएको थियो ।