काठमाडौं । नेकपा एमालेका सांसद रघु जि पन्तले संसदमा रुलिङमा एकरुपता हुनु पर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद पन्तले संसदमा नलेखिएको विषयमा छलफल अघि बढाउन नमिल्ने बताए ।
उनले भने ‘ आज हामी लुम्बिनी नाम नलेखिएकोमा यो छलफल अगाडि बढायौं भने भोलि नागरिक उड्डयनले पनि नाम नलेखि ल्यायो भने छलफल अगाडि बढाउछौ कि बढाउदैनौं ? त्यो त सभामुख ज्यूले दिएको रुलिङग कै विरुद्ध हुन्छ । त्यसैले आज रुलिङगमा यो प्रष्ट हुनुपर्छ कि रुलिङमा एकरुपता हुनुपर्छ सभामुख महोदय । हामी यो लुम्बिनी नाम नलेखेको शीर्षकमा छलफल गर्छौ भने कोशी नाम नलेखेको शीर्षकमा छलफल गछौं कि गदैनौं ? त्यसकारणले यसलाई सच्चाएर ल्याएपछि मात्र यसमा छलफल हुनुपर्छ । नत्र छलफल अगाडि बढ्न हुदैन । ’