दुर्घटनामा घाइते सुदूरपश्चिमका मन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन

काठमाडाैं । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे हाे ।

दुर्घटनामा मन्त्री सिंह, उनकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ गइरहेकाे बेलामा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१