• २०८३ असार १३
  • 2026 June 27, Saturday

नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सांसद सिंहको सरकारसँग आग्रह

काठमाडौं । सांसद अमरेश कुमार सिंहले नागरिकताको विषयमा आफ्नै नागरिकसँग भेदभाव नगर्न सरकारसँग आग्रह गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सिंहले रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने र अन्यको मुद्दा भने बर्षौ लाग्ने राजनीतिक प्रभाव अदालतमा पनि देखिएको बताए ।

उनले भने ‘ नागरिकता नपाएकाहरु केही दिनदेखि धर्नामा बसिरहेका छन् । साथसाथै संविधान सभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसन बसेका छन् । उहाँ बीर हस्पिटलमा हुनुहुन्छ । एकातिर २०७२ मा कानून जारी भयो नागरिकता कानून तुरुन्तै बनाउनुपर्छ भनेर तर कार्यन्वयन भएन । हाम्रो राजनीतिक दल र तत्कालीन सरकार त्यसमा चुकेको छ । नागरिकप्रति न्यायोचित व्यवहार हुनुपर्ने त्यो पनि सरकारले गर्न सकेको छैन् । कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस । रवि लामीछानेको मुद्धा एकै दिन फैसला हुने अरु मुद्धामा चाहीँ वर्षौ लाग्ने अदालतले पनि राजनीतिक प्रभावमा परेको देखिन्छ ।