काठमाडौं । प्रतिनिधि सभाका संसद सुर्यप्रसाद ढकालले, सरकारले नागरिकताको विषयलाई लिएर अनावश्यक राजनीति गरिरहेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको बजेट छलफलमा सांसद ढकालले सरकारले जनताको समस्या समाधान नगरेर भोटको राजनीति गर्न खाेजीरहेको दाबी गरे ।
उनले भने, ‘नागरिकता प्राप्त गरेका बा आमाका सन्तानहरुले नागरिकताको लागि सडकमा आन्दोलन गरिरहेका छन् । सरकारले यस समस्याको समाधान गर्न भन्दा भोटको राजनीति गर्न खोजीरहेको छ । ’
त्यस्तै सिमा सुरक्षा र राष्ट्रियताको विषयमा समेत प्रधानमन्त्री मौन बसेको उनको आरोप छ । ‘हाम्रो मित्र राष्ट्र भारत कहिले बुद्ध हाम्रो हो, कहिले कालापानी लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, कहिले लुम्बिनी र कपिलवस्तु हाम्रो हो । कहिले सिता हाम्रो देशमा जन्मिएको हो भनिरहेको छ । पुष्पकमल दाहाल यो देशको प्रधानमन्त्रि हुनुहुन्छ । यस विषयमा एक शष्द कहीँ कतै बोलीएको सुनिदैन । ’