फास्ट ट्रयाकमा काम भइरहेको छ : निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले देशभरी फास्ट ट्रयाकमा विद्युतका पोलहरु सार्ने काम भईरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि अन्तरगतको पूर्वाधार विकास समिति बैठकमा उनले सडक विभागकै ठेक्कामा पोल सार्ने कार्यविधि बनाएर फास्ट ट्रयाकमा भईरहेको बताएका हुन् ।

उनले भने, ‘देशभरीमा स्थानीय तहका प्रदेशका १०० प्रतिशत विद्युतका पोलहरु सार्नु पर्ने छन् । लाखै पोल छन् अहिले सबैठाउँमा एउटा व्यक्तिको जग्गामा छ । त्यो पोल सार्नलाई ठूलो बजेट चाहिन्छ ।

विद्युतिकरणलाई मात्र ५० औं अरब रुपैयाँ खर्च गरिएको छ । सडक विभागकै ठेक्कामा पोल सार्ने कामहरु पनि कार्यविधि बनाएर फास्ट ट्रयाकमा भईरहेको छ ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१