
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले २०८४ को निर्वाचनपछि नयाँ दलको सरकार बन्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको अवसरमा नयाँ केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सहभागि डा.भट्टराईले रास्वपाको उदयप्रति खुशी व्यक्त गरेका छन् ।
उनले भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन् । अहिले नेपाली जनताले चाहेको नयाँ हुन् । नयाँ भनेको अग्रगमन हो ।’
उनले आगामी निर्वाचनबाट कांग्रेस, एमाले र माओवादीबाहेक नयाँ दलको सरकार बन्ने जिकिर गरे ।