• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रधानमन्त्रीलाई पाण्डेको प्रश्न, तपाईको नेतृत्वमा मन्त्रीहरु चलिरहेका छन कि छैनन् ?

काठमाडौं । एकिकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले, प्रधानमन्त्रीको भूमिका प्रश्न उठाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उनले प्रधानमन्त्रीले प्रतिवद्धता जनाए अनुसारको बजेट निर्माण नभएको दाबी गरे ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रालयहरु चलिरहेको छन् कि छैनन् यो कुरा म सोध्न चाहान्छु । ’ उनले भने ‘तराई मधेश समृद्धी कार्यक्रम उल्लेख गरिएको यो संघीय मामिला मन्त्रालयको २९ करोड ३५ लाख रकम  छ २५ जिल्लामा तर एउटा निर्वाचन क्षेत्रको लागि ४० प्रतिशत खन्याइएको छ । एउटा मन्त्रीले यही हो सन्तुलित बजेट यसलाई सन्तुलित भन्न मिल्छ ? त्यसैले सबै मन्त्रीले आफ्नो क्षेत्र भित्र चै भएभरको रकम हाल्ने आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने यो जो परिपाटी छ यो परिपाटीलाई अन्त्य गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री नै संघीयताको विरुद्धमा देखिएको टिप्पणी गरे । हालका प्रधानमन्त्रीबाट पनि एकीकृत राज्य प्रणालीको अध्यास भइरहेको उनको दाबी छ ।