काठमाडौं । सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् ।
‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ को १५ जनाको सर्टलिस्टमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतम परेकी हुन् । वान वर्ल्डले सोविता गौतमलाई नेपालको इतिहासकै सबैभन्दा कान्छी सांसद भएको उल्लेख गरेको छ।
योङ वर्ल्ड पोलिटिसियन अफ द इयरमा १८ देखि ३५ वर्षका नेताहरू छनौट गरिने गरिन्छ ।
साथै भ्रष्टाचार विरुद्धको गौतमको अभियान र लोकप्रियताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टी देशको चौथो ठूलो पार्टी भएको पनि वान वर्ल्डको दाबी छ।
राजनीतिमा उनीहरूको प्रभावका आधारमा सर्टलिस्ट गरिएको हो । यी १५ जनामध्ये ५ जनालाई योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड प्रदान गर्नेछ ।
विजेताहरुको घोषणा जुलाइमा युवा विश्व शिखर सम्मेलन वेलफास्ट २०२३ बाट हुनेछ ।
उनीसँगै विश्वभरका अन्य १४ हाइ प्रोफाइल युवा मन्त्री, सांसद, मेयरमा मनोनीत छन् ।