• २०८३ असार १४
  • 2026 June 28, Sunday

निगममा कर्मचारी थप्न दवाव दिइएको छैन् : मन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न दवाव नदिएको जिकिर गरेका छन् ।

सोमबार प्रतिनीधि सभामा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले निगमको हितका लागि आफू प्रयासरत रहेको भन्दै निगमलाई घाटा पुग्ने कुनै काम नगरेको दाबी गरे । ‘नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्ने कुनै दवाव दिईएको छैन ।’

उनले भने ‘नेपाल बायुसेवा निगमको वित्तिय अवस्थाका सम्बन्धमा आर्थिक २०७८\७९ को नगद प्रवाह ३ अर्व ५९ करोड रहेको छ । २०७९ चैत मसान्त सम्ममा कर्मचारी संचय कोष र नागरिक लागानी कोषको गरी २ अर्व ९४ करोड  रकम भुत्तानी गरिएको छ । १ अर्व ऋण तिर्ने तयारिमा निगम रहेको छ ।  ऋण भुत्तानी पछि पनि हाल निगम संग १ अर्व ६५ करोड नगद रकम रहेको छ ।’

उनले निगमले ४८ अर्ब ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए । ‘निगमको हालसम्मको तिर्न बाँकी ऋण ४८ अर्व छ । व्याजदरको पून संरचना गर्नुपर्छ । ’ उनले भने ।