संयुक्त राष्ट्र सङ्घका उपमहासचिव ४ दिवसीय भ्रमणका लागि नेपाल आउँदै

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स आज नेपाल आउँदै छन् ।

राष्ट्र सङ्घको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उपमहासचिव ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यसूचिका रहेको छ ।

यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम पनि रहेको छ ।