• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रतिनिधि सभा बैठक : बजेट पारितका लागि पेस गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बिहान ११ बजे बस्दै छ । आज बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचि रहेको सचिवालयले जनाएको छ ।

यस्तै सभामुख देवराज घिमिरेले पनि विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण, महिला तथा जेष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, संघीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अन्तिममा अर्थ मन्त्री डा. प्रकाश शरण महतले “विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्”, “आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्”, “आर्थिक विधेयक, २०८०” माथि दफावार छलफलको लागि दिन तोकिने र “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।