सदन सरकारको लापरवाहीको बन्धक भयो : एमाले सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सदन सरकारको लापारवाहीको बन्धकमा परेको टिप्पणी गरेका छन् ।

आईतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले कानूनका विभिन्न प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गरेको टिप्पणी गरे ।

उनले भने ‘कानुन बनाउने औपचारिक थलोलाई नै कानूनका प्रक्रिया र विधिको बारेमा सरकारले पटक पटक अनादर गर्ने । सरकारको लापारवाहीको बन्धकमा सदन बन्न पर्ने , हामी सांसद सरकारको कमी कमजोरी लापारवाहीको जवाफ दिँदै हिड्न पर्ने ? यो कहिले सम्म ?

राष्ट्रिय सभाले के पास  गर्याे ? के सन्देश पठायो ? यो प्रतिनीधि सभाको माननीयहरुले थाहा पाउने अधिकार छैन ? त्यो विधि यहि हो ? सरकारलाई उनको प्रश्न छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१