• २०८३ असार १४
  • 2026 June 28, Sunday

कानून व्यवसायीहरु आन्दोलित : अब भ्रष्टाचारीलाई कसैले बचाउन सक्दैन

काठमाडौं । कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् ।

सोमवार जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानून व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् ।

विरोध प्रर्दशनमा नेपाल बार एशोसिएशनमा अध्यक्ष गोपाल प्रसाद घिमिरेले भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अन्दोलन भएकाले खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरे ।

उनले भने,‘यो अभियान एक दुईजना कर्मचारीको विरुद्ध होईन् अदालतका न्यायाधीश विरुद्धको आन्दोलन पनि होइन ।यो भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अभियान हो, देशभरका अदालतमा काम गर्ने इमानदार न्यायाधीश र कर्मचारीहरू तापाईहरुको विरुद्ध यो आन्दोलन नभएकाले हाम्रो अभियानबाट डराउनु पर्दैन।’

उनले अब हरेक बारमा एउटा भिजिलेन्स ग्रुप खडा गरी निगरानी गर्ने बताउँदै भने,‘जो व्यक्ति भ्रष्टाचारमा लिप्त छन्, उनीहरुले हामीसँग डराउँनुपर्छ ।अब हामी हरेक बारमा हरेक अदालतसँग सम्बन्धित एउटा भिजिलेन्स ग्रुप खडा गर्ने छौ । त्यो ग्रुपले वाच गर्छ जोगिएको छुु नभन्नु भ्रष्टाचारलाई कस्ले बचाउँछ हामी पनि हेर्छौं ।’ ‘तपाई हाम्रो साथी हो’, ललितपुर जिल्ला अदालतबाहिर आयोजित विरोध कार्यक्रममा बार अध्यक्ष घिमिरेले भने, ‘ तपाईँहरू यो अभियानको साथी हो । इमानदार र निष्पक्ष न्याय गर्नेहरूको साथी हो । उहाँहरूको पक्षमा नेपाल बार छ।’

बार अध्यक्ष घिमिरेले आन्दोलन कुनै कर्मचारी वा न्यायाधीशविरुद्ध नभएर भ्रष्ट्राचारविरुद्ध रहेको पनि प्रष्ट पारे ।

‘कुनै कानून व्यवसायी घुस खुवाउँछ भने तिनीहरु विरुद्ध पनि यो अभियान हो । घुस खाने र खुवाउने हाम्रो साथी हुन सक्दैन – घिमिरेले भने ।