• २०८३ असार १४
  • 2026 June 28, Sunday

‘हामी सरकार फेरबदलको पक्षमा छैनौं, हामीलाई त्यसमा इन्ट्रेस्ट छैन’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू नरहेको र त्यस्ता गठबन्धनमा सामेल हुने कुनै रूचि नरहेको बताएका छन्।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीको समग्र ध्यान संगठन निर्माण र मुलुकको समस्याहरूको उठानमा केन्द्रित रहेको बताएका छन्।

‘हामी सरकार फेरबदलको पक्षमा छैनौं। हामी गठबन्धनहरूमा छैनौं। हामी अहिले सरकार बनाउने ढाल्ने क्रियाकलापहरूमा हामी छैंनौं। हामी त्यसमा सहभागी छैनौं। हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। हामी अहिले संगठन निर्माणमा छौं,’ उनले भने।

मुलुक आर्थिक संकटमा रहेको पनि उनले बताए। त्यसको सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन नसकेको पनि बताए। सरकारले आम नागरिक, उद्योगी, व्यवसायीलाई राहत हुनेगरी कुनै निर्णय नगरे आफूहरूले ठोस निर्णय लिने पनि बताए।