काठमाडौंको सिडिओमा सहसचिव जितेन्द्र बस्नेतको सरुवा

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा सहसचिव जितेन्द्र बस्नेतलाई सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो ।

यसअघि राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको सिडिओको जिम्मेवारी सम्हालिसकेका बस्नेतलाई प्रशासन क्षेत्रमा राम्रो अनुभव छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१