
काठमाडाैं । चर्चित हलिउड गायिका ब्रिटनी स्पियर्स आफ्नो जीवनको ठूलो रहस्य खाेल्न लागेकी छन् । ब्रिटनीले आफ्नाे रहस्य खोल्नका लागि ११२ करोडकाे सम्झौता गरेकी छन् ।
उनकाे बारेमा एउटा किताब प्रकाशन हुन लागेकाे छ । यसका लागि उनले शिमन एन्ड शुस्टर प्रकाशनसँग सम्झौता गरेकी छन् । उक्त सम्झाैतासँगै ११२ करोडमा उनले जीवनका रहस्यहरु खाेल्ने पक्का भएको नवभारत टाइम्सले समाचार प्रकाशित गरेकाे छ ।
शिमन एन्ड शुस्टरले ब्रिटनीको जिन्दगीमाथि किताब लेख्ने अधिकार पाइसकेकाे छ । किताबमा ब्रिटनीको जीवन, रिलेशनसिपदेखि करिअर, परिवार र विवादसम्म खुलेर कुरा गरिनेछ ।