‘आदीपुरुष’ को नयाँ प्रदर्शन मिति सार्वजनिक

काठमाडाैं । दक्षिण भारतीय स्टार प्रभास अभिनित बलिउड फिल्म ‘आदीपुरुष’ को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । यो फिल्म सन् २०२३ को १२ जनवरीमा रिलिज हुने पक्का भएको हो ।

अभिनेता प्रभासले फिल्मको नयाँ मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् । यसअघि यो फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने भनिएको थियो ।

तर तोकिएको मिति स्थगित गरेर फिल्मको नयाँ रिलिज डेट तोकिएको हो । यो फिल्म विश्वभरिका थ्री डीमा एकसाथ रिलिज हुनेछ ।

रामायणमा आधारित ‘आदीपुरुष’ ५०० करोड लगानीमा निर्माण भएको हो। टी-सीरीज र रेट्रोफाइल्स प्रोडक्सनले बनाएको यो फिल्म थ्रिडी प्रविधिमा निर्माण भएको हो ।

साथै, यस फिल्मलाई बलिउडकै धेरै भीएफएक्स भएको फिल्मको रुपमा दाबी गरिएको छ ।

ओम राउत निर्देशित फिल्ममा प्रभासकासाथ सैफ अली खान र कृति सेनन मुख्य भुमिकामा देखिएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१