
काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चनले नेपाली ढाका टोपी लगाएकाे तस्बिर सार्वजनिक गरेका छन् ।
सोमबार आफ्नो इन्स्टाग्राम मार्फत उनले नेपाली ढाकाटोपी लगाएको तस्बिर सार्वजनिक गरेका हुन् । सार्वजनिक तस्बिरमा उनले लेखका छन्, ‘केटीको केटीको’ ।
तस्बिरमा उनका दुई हात कम्बरमा राख्दै हर्षित मुद्रामा देखिएका छन् । उनले ढाकाटोपी लगाउनुको उदेश्य भने खुलाएका छैनन् ।
उनको उक्त तस्बिर पोस्टलाई नेपाली शुभचिन्तकहरुले नेपाल र नेपालीप्रति देखाएको सम्मान भन्दै धन्यवाद दिइरहेका छन् ।
View this post on Instagram