• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

तीन जना स्रष्ठालाई ‘वानीरा पुरस्कार’

काठमाडौं । वानीरा फाउन्डेसनले कलाकारिता क्षेत्रमा योगदान गरिरहेका तीन जना स्रष्ठालाई पुरस्कार वितरण गरेको छ।

फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शंकर गिरीले काठमाडौंमा आयोजित एक समारोहमा कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा योगदान पुर्याएका पुष्कर लोहनीलाई वानीरा प्रज्ञा पुरस्कारु, रंगमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तरता दिएका मदनदास श्रेष्ठलाई वानीरा शंकर पुरस्कारु र कथा कवितामा योगदान दिएकी अनिता तुलाधरलाई पुरस्कार वितरण गरेका हुन्।

लोहनी र श्रेष्ठलाई एक लाख रूपैयाँ र तुलाधरलाई पचास हजार रूपैयाँ राशि सहित पुरस्कार दिइएको हो। वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरानाका कारण निधन भएको थियो।

इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा पुरस्कृतहरू पुष्कर लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शंकर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य दिएका थिए।