• २०८३ असार १४
  • 2026 June 28, Sunday

संसदमा उपसभामुखलाई इन्दिरा रानाको साटो इन्दिरा गान्धी भनेपछि…

काठमाडौं । सांसद रणेन्द्र बराइलीले प्रतिनिधी सभाको बैठकमा उपसभामुख इन्दिरा रानाको सट्टा इन्दिरा गान्धी उच्चारण गरेका छन् । बुधवारको प्रतिनिधी सभाको शून्य समयमा बोल्ने क्रममा नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका बराइलीले इन्दिरा गान्धी भनेका थिए । त्यसलगत्तै सांसदहरुले ‘राना हो’ भनेपछि सच्चाए ।

उनले भनेका थिए ‘सम्मानीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिअलि तरक्ती आएको थियो । ….सांसदहरु हास्छन् (उनी सोच्दै भन्छन्) ए इन्दिरा रानाले –सरी ’

उपसभामुख इन्दिरा रानालाई महाभियोग लगाउने सत्ता पक्षको निर्णयको विरुद्धमा बोलेका बराइलीले महिला माथिल्लो ओहोदामा रहँदा हत्याउने काम भएको आरोप लगाएका थिए । उनले भने ‘महिला, दलित, आदीवासी जनजातीहरु उच्च ओहोदामा छिर्न नै गाह्रो छ । बर्मजालले थुप्रै छेकिन्छ मुस्किलले छिरेपनि के निहुँ पाउँ भनेर गल्त्याउने योजना गरिन्छ यदि साच्चै उपसभामुखको कमीकमजोरी भएदेखि सम्बन्धित पार्टीसँग सम्पर्क गरेर सांसदको गल्ती भयो अर्को सांसद पठाउनुस् भन्न सकिन्थ्यो होला ।’