• २०८३ असार १३
  • 2026 June 27, Saturday

संसदीय समितिको प्रतिवेदनमा हस्ताक्षर

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सातैजना सदस्यले हस्ताक्षर गरी प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन् ।हस्ताक्षरपछि समिति सभापति सूर्य बहादुर थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए । उनका अनुसार प्रतिवेदन, सुझाव, निष्कर्ष र सिफारिससहित प्रतिवेदन १८ परिच्छेदमा तयार भएको छ ।

उनले भने, ‘हामीले ६६ वटा बैठक साढे तीन महिना नहुँदै सम्पन्न गरेका छौं । गहन अध्ययन र सबै तथ्यहरु केलाउने काम हामीले यो बीचमा गरेका छौं । सुझाव, निष्कर्ष र सिफारिससहित प्रतिवेदन १८ परिच्छेदमा रहेको छ ।’उनले प्रतिवेदनले सिङ्गो सहकारी क्षेत्रलाई संकटबाट पुर्नउत्थान गर्ने र अपचलन गरेकाहरुलाई त्यसका निम्ति जवाफदेही बनाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीले यो प्रतिवेदन तयार गरेका छौं । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुर्नउत्थान गर्ने, अगाडि बढाउने अपचलन गरेकाहरुलाई त्यसका निम्ति जवाफदेही बनाउने र सहकारी क्षेत्र जनताको हितसँग सम्बन्धित रहेर मार्गनिर्देशन गर्ने छ ।’ प्रतिवेदन आजै प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ ।